आइएमई रेमिट्यान्सको सीईओमा पौडेल नियुक्त

काठमाडौं । आइएमई रेमिट्यान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिवाकर पौडेल नियुक्त भएका छन् । जीएमई रेमिट्यान्ससँग मर्जरपछि आइएमई रेमिट्यान्सको सीईओमा पौडेल नियुक्त भएका हुन् । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेर आज (साउन ३० गते)देखि एकीकृत कारोबार सुरु गरेको हो ।

जीएमई प्राप्तिपछि आइएमई लिमिटेडको नामबाट कारोबार सुरु गरेको यस कम्पनीमा सीईओको जिम्मेवारी पौडेललाई दिइएको हो । पौडेल यसअघि साविक जीएमई रेमिट्यान्सका सीईओ थिए । ९० करोड रुपैयाँ पुँजी रहेको आइएमईले २५ करोड रुपैयाँ पुँजी भएको जीएमई गाभेपिछि चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । रेमिट्यान्स कारोबार रकमका आधारमा आइएमई नम्बर वान कम्पनी हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *