संविधान संसोधन सबै राजनीतिक दलहरूको सहमतिमा गछौँ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधन सबै राजनीतिक दलहरूको सहमतिमा गरिने बताएका छन् ।
आज (बुधबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कठीन परिस्थितिमा पनि सबै दलहरू मिलेर संविधान निर्माण गरिएकाले परिमार्जन गर्दा पनि सबै मिलेर गर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘संविधानप्रति कसैलाई माया लागेको, कसैलाई नलागेको छँदैछैन । मिलेर बनाएको हो, फेरि मिलेर कार्यान्वयन गर्छौं र परिमार्जन गर्छौं ।’
उनले मनलाग्दी ढंगले संविधान संसोधन गर्न नखोजिएको बताउँदै लोकतन्त्र र सामाजिक न्यायप्रति सरकार प्रतिबद्ध रहेको बताए ।