उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।
बुधबार राति उपचारका क्रममा न्यायाधीश रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधवार राति उनको निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।
न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो ।