चन्द्रागिरिमा घरको छतबाट खसेर मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरमा रङ लगाउने क्रममा शुक्रबार अचानक खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौंको जरंखुमा डेरा गरी बस्ने ४१ वर्षीय अर्णबहादुर थापामगर छन् ।

छतबाट खस्दा घाइते भएका उनलाई तत्कालै उपचारका लागि कंलकीस्थित सहिद मेमोरियल अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । मृतक थापा मगरको शव पोष्टमाटमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *