नेफ्स्कूनद्वारा ३७ औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार घोषणा
काठमाण्डौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले ३७औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । आज आयोजित कार्यक्रममा सम्मान तथा पुरस्कार पाउने व्यक्ति तथा संस्थाको नाम घोषणा गरेको हो । नेफ्स्कून सम्मान तथा उत्प्रेरणा नीति २०६८ (संसोधन समेत)को खण्ड ३ को दफा ५ बमोजिमका विधाहरुमा दफा ८ ले तोकेको मापदण्डका आधारमा नाम घोषणा गरिएको नेफ्स्कूनले जनाएको छ । यस वर्ष सर्वोत्कृष्ट संस्था सम्मान सयपत्री बचत तथा ऋण सहकारी संस्था , सुनवल, १ नवलपरासीले पाएको छ । सहकारी अभियानमा कार्यरत उत्कृष्ट व्यवस्थापक पुरस्कार पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङले पाएका छन् भने पत्रकारिता पुरस्कार विकास न्यूज डटकमका सह सम्पादक सन्तोष रोकायाले पाएको छ । आज घोषणा गरिएको सम्मान तथा पुरस्कार आगामी साधारण सभामा प्रदान गरिने जनाएको छ ।
सम्मानित तथा पुरस्कृत व्यक्ति र संस्था
नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट सदस्य संस्था सम्मान
कोशी प्रदेश : मनकामना बचत तथा ऋण सहकारी संस्था लि. पथरी, मोरङ
मधेस प्रदेश : बर्दिबास बचत तथा ऋण सहकारी संस्था लि., बर्दिबास, महोत्तरी
बागमती प्रदेश : हिमाली बाह्मी बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर चितवन
गण्डकी प्रदेश : संगम बचत तथा ऋण सहकारी संस्था लि., पोखरा
लुम्बीनी प्रदेश : विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लि., प्यूठान
कर्णाली प्रदेश : ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि., सल्यान
सुदुरपश्चिम प्रदेश : सिर्जना बचत तथा ऋण सहकारी संस्था लि., कञ्चनपुर
अग्रज व्यक्तित्व सम्मान
कृष्णबहादुर घजु, भक्तपुर (नेफ्स्कून पूर्व संचालक २०६१ देखी २०६४ सम्म)
राइफाईसन क्रेडिट युनियन पुरस्कार
रञ्जित हिताराची, प्रमुख प्राविधिक अधिकृत, एशियाली ऋण महासंघ
उत्प्रेरणा अभिनन्दन
विष्णुहरि पौडेल, पूर्व रजिष्ट्रार, सहकारी विभाग
अभियानमा कार्यरत उत्कृष्ट व्यवस्थापक पुरस्कार
भिम गुरुङ, प्रमुख कार्यकारी अधिकृत, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि।
नेफ्स्कूनमा कार्यरत उत्कृष्ट कर्मचारी पुरस्कार
अजिता सापकोटा, कार्यालय सहयोगी
नेफ्स्कून पत्रकारिता पुरस्कार
सन्तोष रोकाया, विकासन्यूज डटकम
नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट व्यवस्थापक
बागमती प्रदेश : सुदर्शन चौलागाई, चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर
कोशी प्रदेश : गोपाल देउजा, कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि., मोरङ
मधेस प्रदेश : कविता कुमारी काकी, श्री नन्देश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि., सर्लाही
गण्डकी प्रदेश : नवराज श्रेष्ठ, भिमकुल बचत तथा ऋण सहकारी संस्था लि., गोरखा
लुम्बीनी प्रदेश : मञ्जु गोदार, नमुना महिला बचत तथा ऋण सहकारी संस्था लि., रुपन्देही
कर्णाली प्रदेश : विपिन गुरुङ, जनसेवक बचत तथा ऋण सहकारी संस्था लि., दैलेख
सुदुरपश्चिम प्रदेश : लालबहादुर भण्डारी, तिलाकर्णाली बचत तथा ऋण सहकारी संस्था लि., कैलाली