प्रधानमन्त्रीद्वारा खेलप्रेमीलाई उत्साह दिन कीर्तिपुर रंगशाला स्तरोन्नति गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा र खेलप्रेमीलाई उत्साह दिन कीर्तिपुर रंगशाला स्तरोन्नतिका लागि सबै समय दिएर काम गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा आयोजित मन्त्रालयगत कामको समीक्षा र १०० दिने कार्य योजनाबारेको छलफलमा प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कीर्तिपुरको क्रिकेट मैदानलाई बढी समय दिन निर्देशन दिए । ‘दशौं राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउनका लागि के–के गर्नुपर्नेछ आवश्यक प्रस्ताव ल्याउनुस्’, उनले भने । यसैवर्ष कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुदलाई सफल बनाउन प्रधानमन्त्रीले थप निर्देशन दिए । उनले पूँजीगत खर्च शत प्रतिशत गर्न र बेरुजु नहुने गरी काम मन्त्रीहरुलाई भने । ‘हामीले नगरे कसले गर्ने ?’, प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले कृषि उपजलाई निर्यात गर्न सक्ने आधार तय गर्न निर्देशन दिदैँ । ‘कानुन मात्रै धेरै बनाइयो भनेर हुन्न । गरिबलाई कानुन मात्रै दिएर के काम ?,’ ‘कानुनले खान दिँदैन । त्यसैले विकासको लक्ष्यलाई केन्द्रमा राख्नुस्, साधनलाई होइन , उनले भने ।