क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने विद्यार्थी र अभिभावकलाई दियो सुझाव

काठमाडौं । क्यानडास्थित नेपाली दूतावासले पर्याप्त जानकारी र तयारी गरेर मात्रै अध्ययनका लागि क्यानडा आउन विद्यार्थी तथा अभिभावकलाई सुझाव दिएको छ । लहड र अरुको उक्साहटमा आउने विद्यार्थीले समस्या भोगिरहेको दूतावासले जनाएको छ । आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको शहर आदिबारे पर्याप्त जानकारी लिएर मात्रै प्रक्रिया अगाडि बढाउन दूतावासले सुझाव दिएको छ ।

अतिरञ्जित प्रचार भर परेर पूर्ण तयारी नगरी आउँदा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई ध्यान दिन पनि दूतावासले आग्रह गरेको छ । रोजगारीका सम्भावनाबारे पर्याप्त मात्रामा जानकारी लिएर तयारीका साथ आउँदा एकै चोटी व्यहोर्नुपर्ने समस्याहरू सामना गर्न सहज हुन्छ, दूतावासले भनेको छ, अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्नेखाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउनुपर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *