सरसफाईको अभियान चलाउने संस्था हो परिष्कृत नेपाल

भक्तपुर । औपचारिक स्थापना २०८० सालमा भएको परिष्कृत नेपाल एउटा समाजिक संस्था जसले विशेषत भक्तपुरको विभिन्न स्थानमा सामाजिक कार्यहरू गरिरहेको छ। “हाम्रो सुर्यविनायक राम्रो सुर्यविनायक” अभियान अन्तर्गत विगत ११० हप्ता देखि प्रत्येक शनिवार नगरपालिकाको विभिन्न स्थानहरूमा सरसफाई गर्दै आएको छ ।

त्यस सँगसगै “शरीरको लागी कपडा” अभियान अन्तर्गत जाजरकोटमा २७ बोरा लुगा, मोरंगको श्री जन आधारभूत विद्यालयमा बालबालिकाको लागी लुगा वितरण गरेको थियो।सो कार्य निरन्तर छ। ज्ञान ज्योति अभियान अन्तर्गत सामुदायिक विद्यालयहरूमा २०८० का SEE दिने विद्यार्थीहरूलाई निःशुल्क math ,opt math र science m पढाएको थियो जस अन्तर्गत श्री महेन्द्र शान्ति मावि बालकोट,श्री ज्योति मावि गुण्डु,श्री भुवनेश्वरी मावि नंखेल र श्री बाल प्रभा मावि(बाल सुधार गृह) सानोठिमी गरि १८९ विद्यार्थीहरूलाई पढाएको थियो।

यस कार्यक्रम प्रत्येक वर्ष चल्नेछ। यस वर्ष विज्ञान र प्रविधिलाई विद्यालयबाट नै जोड्न शास्त्रम अभियान चलाएका थियो । जस अन्तर्गत विद्यार्थीहरूलाई रोवट बनाउन सिकायो । ११ विद्यालयबाट करिव १५० विद्यार्थी सहभागी स्कूलबाट १४ वटा रोवट विद्यार्थीहरूले बनाएका थिए। सिपाडोलको पाटी भन्ज्यागंमा स्त्री रोग सम्वन्धी स्वास्थ्य शिविरमा ७८ जना र सरसफाईको १०० हप्ताको अवसरमा कटुन्जेमा स्वास्थ्य शिविरमा १७७ जना र आखा शिविरमा १३२ जनाले स्वास्थ्य परिक्षण गरेका थिए। सोहि दिन कटुन्जेको कटुन्जे आधारभूत विद्यालयमा विद्यालयमा शास्त्रम रोवट प्रदर्शनी पनि गरिएको थियो। साथै सोहि दिन खुला रक्तदान पनि गरिएको थियो।

भक्तपुरमा तत्काल मुटु सम्बन्धी २४ सै घण्टा चल्ने विशेषज्ञ केन्द्र तथा मुटु अस्पताल, मृगौलाको बिरामीको लागी छुटै डायलिसिस अस्पताल र स्वास्थ्य विमाका सेवाग्राहीहरूको लागी व्यवस्थित सेवा प्रदान गर्नको डिजिटल टोकनको व्यवस्था गर्न माननीय स्वास्थ्य मन्त्री ज्यूलाई ध्यानाकर्षण पत्र बुझाएका थियौ। साथै भक्तपुरको जोरपाटीमा रहेको हेलीकाप्टर पार्किंगले गर्दा हुने ध्वनी प्रदूषणले स्थानीयहरूले भोगिरहनु परेको समस्यालाई क्षतिपूर्ति करन गर्न स्थानियहरूको क्षमता र योग्यताको आधारमा आवश्यकता अनुरूप प्राथमिकतामा राखी रोजगारी दिनुहुन माननीय पर्यटन तथा नागरिक उद्दयन मन्त्री ज्यूलाई ध्यानाकर्षण गरका थियौ । मन्त्री ज्यूहरूले प्राथमिकताका साथ हाम्रो ध्यानाकर्षणलाई सम्बोधन गर्ने जानकारी दिनुभएको थियो। यहि श्रावन महिनामा सुर्यविनायक नगरपालिकाका विभिन्न शिब मन्दिरहरूमा शम्भो शरणम बोलबम यात्रा समेत गरेका थियो।

त्यस बाहेक राजमार्गको चारदोबाटोमा बाटोमा खाल्डो भएर दैनिक चालकहरू दुर्घटनामा पर्दा पनि चासो नदेखिए पछि परिष्कृत नेपाल कै पहल र अग्रसरतामा बाटो बनेको थियो। चुनदेविको सब वेमा बाटोमा रहेको पटक पटक म्यानहोल कभर फुटेर जनताले पाएको असुविधा र दुर्घटनाको जोखिम देखेर परिष्कृत नेपाल कै पहल र अग्रसरतामा म्यानहोल बनेको थियो। जस अन्तर्गत सुर्यविनायक ५ सल्लाघारी चोकबाट बाट सृजनानगर चोकसम्म सरसफाई गरेको छ ।
संस्थाको अध्यक्षः ई. विशु थापा
वरिष्ठ उपाध्यक्षः दिप गिरी
उपाध्यक्षः रसल देउजा
महासचिवःरन्जन बस्नेत
सचिवःमनिस थापा
सह(सचिवःरिना ध्वजू
कोषाध्यक्षःसुजन बस्नेत
सदस्यहरूः
जनक कार्की
तारा रम्तेल
मुना कुवर
निश्चल श्रेष्ठ
सृजन न्यौपाने
अस्मिन बस्नेत
एलिना केसी
विवेक केसी
प्रथम अधिकारी
आशिका अधिकारी
१७ जनाको कार्यसमिति रहेको यस संस्थामा ७० , ८० जना सक्रिय सहयोगीहरू छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *