आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : एफएनसीसीआई

काठमाण्डौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक सुधार आयोग गठन गर्ने योजनालाई सकारात्मक रुपमा लिएको बताएको छ । अर्थ मन्त्रालयले १०० दिनको कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरेकोमा उसले यो कदमलाई सकारात्मक रुपमा लिएको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो । महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएको भन्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विज्ञप्ति जारी गरी सरकार प्रति आभार व्यक्त गरेका छन् ।

अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सिमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक बिकास हासिल गर्नु पर्ने अहिलेको आवश्यकता भएकोले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो । “महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दछु, महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भने । यसलाई अर्थमन्त्रालयले १०० दिनको प्राथमिकतामा समावेश गरेकोमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलसहित मन्त्रालयलाई महासंघ धन्यवाद ज्ञापन गरेको छ । महासंघले मितव्ययी रुपमा आयोग सञ्चालनको ढाँचा पनि प्रस्ताव गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *