भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । झामाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खेलमा विभिन्न निकाय तथा नेताहरूसँग कुरा मिलाएको आरोप छ । यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसहित सरकारका उच्च अधिकारीसमेत संलग्न रहेको आरोप छ। यही प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारमै छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाण भने जेलबाहिरबाटै मुद्दा लड्न पाउने भएसँगै जेलमुक्त भएर मुद्दा लडिरहेका छन् ।

झा गत असार १४ गते पक्राउ परेका हुन्। नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले झालाई पक्राउ गरेको थियो। उनलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट नेपाल ल्याइएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *