‘लाज शरणम्’बाट फिल्ममा डेब्यु गर्दै मुन्नी

काठमाडौं । ‘सक्किगोनि’ टिभी सिरियलकी चर्चित कलाकार मुन्नी (प्रियना आचार्य) सिरियलकै टिमले बनाउन लागेको कथानक फिल्म ‘लाज शरणम्’बाट मुन्नीले ठूलो पर्दामा डेब्यु गर्ने भएकी छन् । निर्माण कम्पनी जेपीटी क्रियसनले महत्वपूर्ण भूमिकामा मुन्नीलाई साइन गरिएको जनाएको हो । एक सातादेखि निर्माताले फिल्मको कास्टिङ लाइनअप सार्वजनिक गरिरहेका छन् । सामाजिक सञ्जाल पोस्टबाट निर्माताले मुन्नीको कास्टिङबारे जानकारी दिएका हुन् । यो सोसल तथा कमेडी फिल्मलाई जिग्री ब्रो उर्फ कुमार कट्टेलले निर्देशन गर्दैछन् ।

यो फिल्ममा विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, सागर लम्साल बले, अर्जुन घिमिरे पाँडे, कमलमणि नेपाल, बबिन राई उर्फ गल्फने बाजे, माला लिम्बू, मुकुन्द श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय हुनेछ । भदौ तेस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको निर्मातामा नवीन श्रेष्ठ र सहनिर्मातामा रामनरेश शाह छन् । महाशिवरात्रीको अवसरमा फागुन १४ गतेदेखि फिल्म देशव्यापी प्रदर्शन हुने जनाइएको छ । मुन्नीले म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *