सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ विजेता घोषणा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूसँगको संलग्नतालाई बढाउन गत जेष्ठ र असार महिनामा ‘पार्टनर फर प्रोग्रेस’ र हजुरको प्रगतिको सहयात्री नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो । व्यक्तिगत वा व्यवसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघसंस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले उक्त प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिताको समाप्तीसँगै छानिएका उत्कृष्ट तीन बिजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आइतबार आयोजित एक समारोहबीच सम्मान स्वरूप चेक हस्तान्तरण गरेका हुन् ।

उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार ५० हजार ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिएको छ । जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्यहरू जस्तै श्रीमतीका लागि श्रीमान र बच्चाहरू, बहिनीका लागि दाजु र छोराका लागि बुबाको भूमिका निकै नै महत्वपूर्ण हुने कुरा उनीहरूले आ–आफ्नो भिडियोमार्फत दर्शाएको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *