छोराको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी

काठमाडौं । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ बस्ने धनिश्वरा बैजालीले आफ्नी छोरा तथा श्रीमानको भबिस्य सुनिश्चित गर्न १०–१० लाखको जीवन बीमा पोलेसी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यलय चन्द्रौटाबाट उपहार दिएकी छिन् । धनिश्वरा बैजालीले आफ्नी छोरा तथा श्रीमानको भबिस्य सुनिश्चित गर्न जन्म दिन मनाउने नाममा गरिने फजुल खर्च रोक्न र आफू र आफ्ना परिवारको भबिस्यको बारेमा सोच्ने हो भने सबैले जीवन बीमा गर्नुपर्ने बताइन।

अबका दिनहरुमा आफ्ना बच्चाहरुको राम्रो लालनपालन ,उच्च शिक्षा ,बिबाह बर्तबन्ध साथै भैपरी आउने खर्चको लागि आजै बाट सबैले आफ्नो आम्दानीले धान्ने गरि जीवन बीमा गरेमा भोलिको भबिस्य सुनिस्चित हुने कुरा शाखा प्रमुख सन्तोष पन्तले बताएका छन्। साथै यो निकै राम्रो कामको सुरुवात गरेकोमा आमा धनिश्वरा बैजालीलाई धन्यवाद दिदै अरू आम दिदिबहिनी दाजुभाइहरूले पनि सिक्नु पर्ने बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *