मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेपछि…

काठमाडौँ । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ । गुडिरहेको कारमाथि ढुङ्गा खस्दा कारमा क्षति पुगेको छ ।

ईच्छाकामना गाउँपालिका–५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं को कारमा बिहानको समयमा माथिबाट ढुङ्गा खसेको हो । प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन।

असार २८ गते पनि सोही सडकखण्डमा यात्रुवाहक बसमाथि ढुङ्गा खस्दा चालकको मृत्यु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *