कर्मणा सहकारीको २४ औँ स्थापना दिवसको अवसरमा अपाङ्ग बालबालिकालाई खाद्यान्न सहयोग

ललितपुर । ललितपुर सातदोबाटोमा मुख्य कार्यालय रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको २४ औँ वसन्त पार गरेको छ । २४ औँ स्थापना दिवसको अवसरमा संस्थाले बृहत् रक्तदान कार्यक्रम तथा सामाजिक उत्तरदायित्त्व अन्तर्गत अपांगलाई सहयोग कार्यक्रम सम्पन्न गरेको छ । बुधबार संस्थाको २५ औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी तथा स्न्य संघसंस्थासँगको सहकार्यमा संस्थाकै कार्यालयमा रक्तदान कार्यक्रम गरिएको हो ।

साथै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्त्वको बोध गर्दै बुंगमतीमा रहेको अपाङ्ग सेवा संघलाई २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको २४ औँ स्थापना दिवस विशेष कार्यक्रमका संयोजक हरि दाहालले जानकारी दिए । संस्थाले बिहान १० बजेदेखि रक्तदान गरेको थियो भने दिउँसो अपाङ्ग सेवा संघलाई संघमै गएर सहयोग गरेको थियो । खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष सहदेव बन्जारा सहितका सञ्चाल समिती पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । सहयोग हस्तान्तरण पश्चात् अपाङ्ग सेवा संघका सञ्चालक दयाराम महर्जनले सहयोगी मन र संस्थाप्रती हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे । उक्त संघमा हाल विभिन्न शारिरीक अपांगता भएका ८४ बालबालिका रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *