अमेरिकामा ममता बेपत्ता प्रकरणमा पति पक्राउ
भर्जिनिया (अमेरिका) । विगत दुई सातादेखि बेपत्ता ममता काफ्लेका पति नरेश भट्टलाई प्रहरीले बिहीबार उनलाई घरबाटै पक्राउ गरेको छ बुधबार स्थानीय प्रहरीले शंकास्पद व्यक्तिका रुपमा नरेशलाई राखेको थियो । उनको घरमा खान तलासी गरेपछि पक्राउ गरिएको बताइएको छ । प्रहरीले नरेशलाई हिरासतमा लिए पछि उनको नाबालकलाई आफैंसँग लगेको छ । यस सम्बन्धमा प्रहरीले पत्रकार सम्मलेन गरेर घटनाका सम्बन्धमा जानकारी दिने बताएको छ । अमेरिकाको भर्जिनियावाट बेपत्ता भएकी ममता काफ्लेका बारेमा प्रहरीले उनका पतिलाई नै शंकाको घेरामा राखेको थियो । यही आधारमा वुधबार उनको घरमा स्थानीय प्रहरीले सर्च गरेको थियो । तर, छिट्टै ममताको अवस्थामा वारेमा पत्ता लाग्ने संकेत गरेको छ । उनका पतिले अनुसन्धानमा पर्याप्त सहयोग नगरेको र पोइन्ट अफ इन्ट्रेस्ट अर्थात् शंकास्पद व्यक्ति उनका पतिनै भएको अनुसन्धानवाट देखिएको प्रहरीले जनाएको छ । ममता र उनका पतिबीच राम्रो सम्बन्ध थिएन । ममता बेपत्ता भएपछि पनि उनका पतिले खोजी कार्यमा प्रहरीलाई सहयोग नगरेको हिमालय खबरले लेखेको समाचारमा उल्लेख छ । भर्जिनियाको मनाससमा बस्दै आएकी नर्स ममता दुई सातादेखि बेपत्ता छन् । प्रहरीले निरन्तर उनको खोजी गरिरहेको छ । ममता आफ्नो सिफ्टमा काम गर्न नआएपछि उनका सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । ममतालाई खोज्न स्थानीय नेपाली समाजले पनि प्रहरी प्रशासनलाई दबाब दिएको थियो । मिडियाले पनि यसबारेमा समाचार दिएका थिए । ममताको बारेमा उनका पतिनै शंकाको घेरामा परेपछि नेपाली समाज स्तव्ध छ । लामो समय भर्जिनियामाबवस्दै आएकी समझना आत्रेयले कस्ता–कस्ता नर्कलाई विश्वास गर्न पुग्छन् विचरा छोरी चेलीहरु भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन् ।
उनी लेख्छिन्, विदेशमा छ भन्दैमा वुझ न सुझ हतार गरेर बिहे गरिदिने वा बिहे भैसकेर पनि विश्वास टुटिसकेको सम्बन्धमा जबर्जस्ती सँगै बस्न बाध्य बनाउने समाज बाबु आमाले आफ्नो सोचमा मूल्यांकन गर्ने गरौं । भर्जिनिया बस्ने अर्का नेपाली प्रसन्न संग्रौला लेख्छन्, कता जाँदैछ, हाम्रो समाज के भगवान् । यो घटनालाई स्थानीयले मात्र होइन अमेरिका भर नेपाली समुदायमा चासो छ । नेपाली समुदायभित्र हुने घरेलु हिंसाका रुपमा यसलाई हेरिएको छ । ममताको माइतीघर काभ्रेको पनौती हो । पनौतीका स्थानीयहरुका अनुसार ममताले फेसबुकवाट चिनेका आधारमा डडेलधुराका नरेश भट्टसँग विहे गरेकी थिइन् । यही आधारमा उनी अमेरिका आएकी थिइन् । ममताको माइती परिवारको आर्थिक अवस्था कमजोर नै थियो । माइतीको पनौतीमा स–सानो व्यापार थियो । माइती निकटहरुका अनुसार ममताले आफ्नी आमासँग घरमा पति र उनका परिवारले निकै कष्ट दिने गरेको सुनाउने गरेकी थिइन् ।