तनहुँ बस दुर्घटना : अचेत अवस्थामा १५ यात्रु निकालियो
काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १५ यात्रु अचेत अवस्थामा निकालिएको छ ।
आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खसेको थियो । आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङ्दीमा खसेको थियो उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन् ।
बसमा ४० बढी यात्रु रहेको अनुमान गरिएको छ । घटनास्थलमा उद्धार कार्य जारी छ ।
दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली खटिएको छ । घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल दमौलीमा पुर्याइएको छ । उनीहरुको अवस्था हेरी रेफर गर्ने काम पनि जारी छ ।