हामीले संगठनमा ध्यान दिनुपर्छ : शशांक कोइराला

काठमाडौं । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेपाली कांग्रेसका नेता शशांक कोइरालाले २०८४ सालको निर्वाचनमा प्रमुख प्रतिन्द्वन्द्वी नेकपा (एमाले)का हुने भएकाले अब संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् । उनले कांग्रेसले अब ०८४ को निर्वाचनमा ध्यान दिनुपर्ने बताए । २०८४ मा चुनाव हुँदै छ, त्यतातिर ध्यान दिनुपर्‍यो । जिल्ला जिल्लामा संगठनलाई बलियो पार्नुपर्छ । हामीले संगठनमा ध्यान दिनुपर्छ । सुरुमा एमालेसँग गठबन्धन गर्न नहुने पक्षमा आफू रहे पनि अहिले गठबन्धन राम्रो लागेको उनले बताए ।

तर, एमालेसँग गठबन्धन भइरहँदा धेरै सतर्क हुनुपर्ने उनको भनाइ छ । यो पनि फेल भयो भने सम्पूर्ण राष्ट्र नै फेल हुन्छ । यो गठबन्धनले पनि डेलिभर गर्न सकेन भने, सुशासनको बारेमा, भ्रष्टाचारीको बारेमा मूल्यांकन गर्न सकेन भने । तसर्थ, यो अन्तिम अवसर हो । यसलाई हामीले खेर फाल्नु हुँदैन । उनले अगाडि भने, हाम्रो सत्रु, सत्रु त नभनौँ, हाम्रो प्रतिपक्ष, मुख्य प्रतिपक्ष को हो– एमाले हो । उसँग नै हात मिलाएर हामीले सरकारमा आएका छौँ । यो अन्तिम अवसर हो, हाम्रा लागि । यो अन्तिम अवसरलाई हामीले गुमाउन भएन । उनले पार्टी सभापति शेरबहादुर देउवालाई संगठन निर्माण र महिलाहरूलाई अगाडि बढाउन सुझाव दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *