उपप्रधानमन्त्री सिंहद्वारा मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क उद्घाटन

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क आज उद्घाटन गरेका छन् ।

आज काठमाडौं महानगरपालिका वडा नं ११ वसन्तनगरमा निर्मित  मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्कको आज माननीय उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले समुद्घाटन गरेका हुन् । बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा शहरी विकास मन्त्रालयको बजेटमा पार्क निर्माण भएको हो । 

`नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह नै हो,’  पार्क उद्घाटन समारोहमा उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले संविधानमा रहेकाे समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको  उपलब्धि पनि हो ।´

नेवारी मौलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शौचालयसहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्दनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *