प्रधानमन्त्री ओली द्वारा कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गरेका छन् ।
आज सोमबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गरेका हुन् । साथै उनले दिउँसो टुँडिखेलमा गौरा पर्वको कार्यक्रममा सहभागी हुने समेत जानकारी गराएका छन् ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । यस्तै गौरा पर्वका अवसरमा आज राजधानीको टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
आज दिउँसो टुँडिखेलमा गौरा पर्वको कार्यक्रममा सहभागी हुने छु ।