अध्यक्ष प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने तय भएको सचिवालयले जनाएको छ। आजको बैठकमा सांसद-मन्त्रीबीच पनि प्रश्नोत्तर कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

‘प्रचण्ड’ले संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्न समय माग गरेकाले आजको लागि तय भएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *