एकीकृत समाजवादीको १८ पदाधिकारी छान्न आज निर्वाचन हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारी चयनका लागि आज मतदान हुने भएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव हुन लागेको हो । निर्वाचनको तालिका पनि सार्वजनिक भइसकेको छ । तालिका अनुसार आज दिउँसो २ बजेदेखि ५ बजेमसम्म मतदान हुनेछ । आजै मतगणना थालिने जनाइएको छ । एकीकृत समाजवादीमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारीका लागि चुनाव हुन लागेको हो ।

गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका थिए । सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका थिए । बाँकी १८ पदाधिकारी भने चयन हुन सकेको थिएन । एकीकृत समाजवादीमा २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *