ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाण्डौं । ज्योति विकास बैंकले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले मंगलबारदेखि संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीको उक्त शेयरका लागि जोसुकै व्यक्ति तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले कम्पनीको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयरको परिमाण उल्लेख गरेर आवेदन दिनुपर्नेछ। कम्पनीले बिक्रीमा ल्याएको शेयरको परिमाण र मूल्य भने सूचनामा उल्लेख गरेको छैन । सूचनामा उल्लेख भएअनुसार उक्त शेयर खरिद गर्ने खरिदकर्ता संस्थापक समूहमा पर्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *