नबिल बैंकको नाडा अटो शो २०२४ लक्षित विशेष अटो लोन

काठमाडौं । नबिल बैंकले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको हो । यस योजना अन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पु¥याउने विश्वास गरिएको छ ।

ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर भ्ज्ञढ मा छुट्टै सेवा केन्द्र राखेको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइनेछ । यसका अतिरिक्त, नबिल बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ । चाडपर्वको माहौललाई ध्यानमा राख्दै, नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको हो । नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *