नेपालमा बसेर व्यवसाय गर्ने वातावरण तयार गरिदिन सरकारलाई आग्रह : अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो मोबाइल्स व्यवसायमा ठूलो चुनौती रहेको बताएका छन् । उनले नेपालमा बसेर व्यवसाय गर्ने वातावरण तयार गरिदिन सरकारलाई आग्रह गरेका छन् । १ खर्बभन्दा बढी लगानी रहेको अटो क्षेत्रमा सरकारले समन्वयकारी भुमिका खेल्न नसकेको पनि गुनासो गरे । उनले कार्यक्रममा उपस्थित अर्थमन्त्री पौडेल समक्ष अटोमोबाईल्स व्यवसायीलाई नेपालमै बस्न मिल्ने वातावरण मिलाइदिन भनेका छन् । उनले मौद्रिक नीतिमा पनि नेपाल राष्ट्र बैंकले अटो व्यवसायलाई समेट्ने प्रयास नगरेको बताए । साथै उनले अटो क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भुमिका खेलेको पनि बताएका छन् ।उनले अहिलेको सरकार माथि अटो व्यवसायीहरुलाई ठूलो आस र भरोसा रहेको भन्दै सरकारबाट विद्युतीय सवारीसाधनमा सहयोग चाहिएको बताए। ‘यो पारदर्शी व्यवसाय हो । व्यवसायीहरु स्वच्छ छैन भन्ने छ ।

यो गलत हो,’ उनले भने, ‘हामी यो त्रासमा बाँचिरहेका छौं । व्यापारीहरुले चोरी गर्छन् भन्ने परेको छ । सरकारलाई पनि बुझाउनु पर्ने छ । चौधरीले अहिलेको सरकारमाथि सबैको ठूलो आशा रहेको भन्दै नीतिगत स्थितरतामा जोड दिनुपर्ने बताए । नेपालमा ईभीको पहुँच बढेको भन्दै चौधरीले नेपाल विद्युतीय सवारीमा १ नम्बरमा रहेको बताए । अर्थतन्त्रमा अटो व्यवसायीले योगदान गरिरहेको उनले बताए । राजस्वमा योगदान गरेका व्यवसायीहरु खुसी हुन नसकेको उनको भनाइ छ । चौधरीले १० वर्षे नीति आवश्यक रहेको भन्दै देशमै बसेर व्यवसाय गर्ने वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरे । उनले अवैध आयात रोक्न माग गरे । आफूहरुलाई नेपालमै बसेर काम गर्ने वातावरण सरकारले बनाइदिनु पर्ने उनको भनाइ छ। मंगलबारदेखि सञ्चालित ‘नाडा अटो शो २०२४’ को उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् । नाडाले आजदेखि १६ गतेसम्म सञ्चालन हुने शोमा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनी हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *