माछापुच्छ्रे बैंकको चाडपर्व लक्षितकर्जामा छुट योजना

काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले आउदैँ गरेको नेपालीहरूको महान चाडपर्वको समयलाई लक्षित गरी एक महिनाकोलागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ । तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले घर कर्जा लिने ग्राहकको लागिबेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने छ तथा सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमाबेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ साथै उक्त कर्जालिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्तगर्न सक्नु हुनेछ ।

त्यस्तै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागिबेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउने छ । यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ । माथि उल्लेखित अफरहरु भाद्र ३१ सम्म लागु हुने छन् । हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, २०० वटा एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *