सहकारी छानबिन समितिमा एक हप्तामा प्रारम्भिक प्रतिवेदन तयार गर्ने
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन तयार गर्ने भएको छ । आज बसेको समितिको बैठकले कार्यविधिअनुसार हालसम्म सम्पन्न कामको समीक्षा गर्दै एकहप्ताभित्र प्रारम्भिक प्रतिवेदन मस्यौदा गरिसक्ने निर्णय गरेको हो ।
यसका लागि जिम्मेवारी समेत तोकिएको समिति सभापति सूर्य थापाले जानकारी दिए । अब गर्न बाँकी र सम्पन्न गर्नुपर्ने कामहरूको योजना समेत प्रस्तुत गर्दै पारित गरिएको छ सभापति सुर्य थापाले बताए ।