टी–२० विश्वकप खेलेका क्रिकेटरलाई जनही ३ लाख

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । यसअनुसार टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउनेछन् भने अरु सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *