नेचुरल सहकारीद्वारा महिला सदस्यलाई सशक्तिकरण तथा नेतृत्व विकास तालिम

काठमाडौं । बौद्ध टुसालमा केन्द्रीय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुको लागि ‘नेतृत्व विकास एवं सशक्तिकरण तथा तीज शुभकामना आदान प्रदान’ कार्यक्रम संस्थाका अध्यक्ष शर्मिला अमात्यको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाको प्रमुख आतिथ्यता थियो । त्यस्तै कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्ति नेपाल पनि आतिथ्यता थियो ।

कार्यक्रममा संस्थाको विभिन्न गतिविधिहरु, संस्थाको वित्तीय अवस्था, सदस्यहरुबीच जारी गरेको विभिन्न योजना, आगामी कार्ययोजना, संस्थामा सदस्यहरुको भूमिकाका साथै सेवाहरुका बारेमा संस्थाका सचिव विकल्प पाठकले जानकारी गराएका थिए । त्यस्तै नेतृत्व विकास एवं सशक्तिकरणका विषयमा सहकारी प्रशिक्षक कुवेर निरौलाले सहजिकरण गरेका थिए । नेचुरल सहकारीले हरेक वर्ष तीज पर्वको अवसर पारेर यस्तो कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा उपमेयर लामाले बचतमा पुरुषहरुको तुलनामा महिला अगाडी रहेको बताईन । ‘सहकारी क्षेत्रमा पुरुषहरु भन्दा महिला सदस्यहरुको संख्या धेरै छ’ उनले भनिन्, ‘ बचत गर्ने र आवश्यक पर्दा ऋण लिने बाहेक महिलाहरूको व्यक्तित्व विकासमा पनि सहकारीको योगदान महत्वपूर्ण छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *