सबैले आवश्यक ठाने संविधान संशोधन हुन सक्छ : सभापति देउवा

काठमाडौं । शुक्रबार ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब देशमा द्वन्द्व नहुने बताएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएपछि पुराना कुराको अन्त्य हुने विश्वास लिए । पुरानो द्वन्द्व काटमार थियो । मलाई विश्वास छ, त्यो सबै अन्त्य हुनेछ । अबका दिनमा यस्ता कुरा हुनेछैनन् । देउवाले देशको संविधान समावेशी भएको बताए ।

कतिपय कुराहरू संशोधन हुन सक्ने उनको भनाइ छ । सबैले आवश्यक ठाने संविधान संशोधन हुन सक्छ । संविधान समावेशी छ । समानुपातिकमा अझै केही कुरा छ । कतिपय मानिसहरू चुनावबाट आउन सक्नुहुन्न, उहाँहरूलाई समावेश गर्नुपर्छ । देउवाले राज्यसत्तामा सबैलाई कुनै न कुनै ढंगबाट समावेश गराउनुपर्ने धारणा रहेको बताए । उनले संविधानमा केही कमीकमजोरी भए सुधार गरेर अघि बढाउनुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *