कारागारलाई उद्योग कारागारका रूपमा विकास गर्नेछौँ : गृहमन्त्री लेखक

काठमाडौं । नुवाकोटमा निर्मित केन्द्रीय कारागारको शनिबार उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई उत्पादकका रूपमा विकास गरिने बताएका छन् । उनले कैदीबन्दी थुन्ने मात्र नभई यसलाई उद्योग कारागारका रूपमा विकास गरिने बताएका हुन् । यस कारागारलाई उद्योग कारागारका रूपमा विकास गर्नेछौँ, यहाँ प्रशस्त जाग्गा छ, त्यसको उपयोग गर्ने हो । कारागार विस्तार र यहाँका कैदीबन्दीलाई विभिन्न सीप सिकाएर यही कारागार परिसरभित्र विभिन्न वस्तु उत्पादन गर्न लगाइनेछ ।

कारागारमा ठूलो संख्यामा कैदीबन्दी रहने भन्दै उनले त्यसले यहाँको आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे । यहाँ बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले त्यहाँकै खाद्य र लुगालत्ता किन्नुहुन्छ । यसले यहाँको आर्थिक विकास हुन्छ, उनले बताए । आधुनिक सुविधासम्पन्न र ठूलो कारागार बनाइएको उनले जानकारी गराए । अत्यन्त कम भौतिक संरचनामा कैदीबन्दी राख्नुपरेको छ । यो जटिलतालाई सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला नेतृत्वको सरकारले नुवाकोटमा सात हजार कैदीबन्दी अटाउने कारागार निर्माणको योजना बनायो । अब कैदीबन्दीको चाप घट्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *