नारायणघाट–मुग्लिन सडक अवरूद्ध
काठमाण्डौं । रूख र बिजुलीको पोल ढल्दा नारायणघाट मुग्लिन सडक आइतबार बिहान सवा ८ बजेतिर भरतपुर महानगरपालिका १ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको छ।
सालको रुख ढलेपछि अवरुद्ध बनेको नारायणघाट–मुग्लिन सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। सडक अहिले पनि अवरूद्ध छ।