फित्कौली अनलाइन मिडियाले पाँच हाँस्यव्यंग्यकर्मीलाई पुरस्कृत गर्ने

काठमाडौं । नेपाली हाँस्यव्यंग्यका क्षेत्रमा काम गर्दै आएको फित्कौली अनलाइन मिडियाले पाँच हाँस्यव्यंग्यकर्मीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यंग्य राष्ट्रिय सम्मान– २०८१’ द्वारा विगत चार दशकदेखि हास्यव्यंग्य लेखनमा सक्रिय सर्जक हेटौँडाका आर.सी. रिजाललाई २० हजार १०१ नगद राशिसहित सम्मान गरिने जनाइएको छ । मिडियाले विज्ञप्ति जारी गर्दै सिन्धुलीका हास्यव्यंग्यकार महेश थापालाई ‘गोविन्द–विजया फित्कौली हास्यव्यंग्य राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१’, गोरखाका कवि सुभाषचन्द्र देवकोटालाई ‘फित्कौली हास्यव्यंग्य राष्ट्रिय कविता पुरस्कार–२०८१’, सिन्धुपाल्चोकका निबन्धकार देवीप्रसाद चापागाईलाई ‘फित्कौली हास्यव्यंग्य राष्ट्रिय निबन्ध पुरस्कार–२०८१’ र इलामका कवि दीनानाथ पोख्रेललाई ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार–२०८१’ प्रदान गरिने जनाएको छ । यी पुरस्कारकासाथ जनही १५ हजार १०१ नगदराशि पनि प्रदान गरिने जनाइएको छ । फित्कौली डटकमका सल्लाहकार एवं फित्कौली द्वैमासिकका प्रमुख संरक्षक कृष्णमुरारि गौतम (चट्याङ मास्टर) लाई बुढ्यौली विषय–क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत प्रतीकचिह्नसहित ‘बुढ्यौली विशेष सम्मान’ समर्पण गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *