हाईलाइफको २० लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीका सेयरधनीहरूले २ः१ अनुपात अर्थात् २ कित्ता सेयर हुने सेयरधनीले १ कित्ता सेयरका लागि आवेद दिन पाउनेछन् ।

कम्पनीको भदौ ११ गते सम्पन्न विशेष साधारण सभाले जारी पुँजीमध्ये जगेडामा रहेको सेयर हकप्रद सेयरका रूपमा बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । भदौ १३ गतेसम्म कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छकु सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *