एलआईसी नेपाल २४औँ वर्षमा प्रवेश

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) स्थापनाको २३ वर्ष पुरा गरी २४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००१ सेप्टेम्बर १ मा स्थापना भएको एलआइसी नेपाल २४औँ वर्षमा प्रवेश गरेको हो । साढे दुई दशकको अवधिमा कम्पनीले निरन्तर रूपमा बीमित तथा सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्दै अग्रणी बीमा कम्पनीको छवि बनाउन सफल भएको छ । साथै देशभर जनतालाई बीमाबारे सचेतना बढाई बीमाको दायरा बढाउन एलआइसी नेपालको महत्वपूर्ण भूमिका रहेको छ । २३औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रमको आयोजना गरेको छ । प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुने एजेन्ट पूर्ण बहादुर खड्का, बीमालेखको आधारमा प्रथम हुने शारदा राई (काठमाडौं), एजेन्सी म्यानेजरको आधारमा प्रथम हुने रीता खतिवडालाई सम्मान गरिएको थियो ।

त्यसैगरी सन् २००१ देखि अभिकर्ताको हैसियतमा सेवा प्रदान हुने उमेरले बरिष्ठ सक्रिय अभिकर्ता शंकर कार्की, चिकित्सकको रुपमा सेवा प्रदान हुने डा.अनिल मिश्र, हिमालयन पुनर्बीमा कम्पनीका डेपुटी कार्यकारी अधिकृत मनिष कुमार, केयर रेटिङका प्रमुख कार्यकारी अधिकृत, इक्रा नेपालकी प्रबन्ध निर्देशक वर्षा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणय कुमारले वर्तमान विषम परिस्थितिको बाबजुद कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आईपर्ने जोखिममलाई न्यूनिकरण गरी बिश्वास जित्न सफल भएको बताए । कम्पनीलाई सफलताको उचाइसम्म पुर्याउन सहयोग गर्ने नियमनकारी निकाय, संचालक समिति, सेयरधनी एवं कर्मचारी लगायत सबैमा धन्यवाद व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *