ज्योति विकास बैंकका ग्राहकहरुलाई संगम स्विटमा १० प्रतिशत विशेष छुट
काठमाण्डौं । ज्योति विकास बैंकले काठमाडौँस्थित संगम स्विटमा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। सम्झौतापत्रमा हस्ताक्षरपश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले संगम स्विटको कमलपोखरी आउटलेटमा न्युनतम २०० को खरिदमा १० प्रतिशत सम्मको आकर्षक छुटको लाभ लिन सक्नेछन्। त्यसैगरी, हालै बैंकले ललितपुरस्थित “Medex Multispecialty Clinic & Diagnostic Center” मा २० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात “Tranquility Spa” का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
साथै, Luga Suga Traders मा समान खरिद गर्दा २२ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।