सहकारी छानबिन संसदीय समितिको म्याद १५ दिन थप गर्ने

काठमाडौं । सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी गठित संसदीय छानबिन विशेष समितिको म्याद थप गर्ने तयारी गरिएको छ । समितिको म्याद १५ दिन थप्ने प्रस्ताव राख्न लागिएको स्रोतले जनाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थप गर्न प्रस्ताव प्रस्तुत गर्ने तय भएको छ । प्रतिनिधिसभाको बैठक मंगलबार १ बजेका लागि बोलाइएको छ । समितिको कार्यावधि भदौ २३ गतेबाट सकिँदै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *