सानिमा बैंकका ग्राहकलाई सीजीका मोबाइल किन्दा छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सीजी मोबाइल खरिदको क्रममा छुट पाउने भएका छन् । दुई पक्षबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सीजी मोबाइल खरिदको क्रममा विशेष छुट पाउने छन् । यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा सानिमा बैंकका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ ।

नोथिङ तथा सीएमएफ ब्रान्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म छुट साथै इयरबड तथा अन्य एक्सेसरीजको खरिद गर्दा ग्राहकले ९ प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी सानिमा बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी ईएमआई सुविधा पनि प्राप्त गर्न सक्ने बताइएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा पनि उपलब्ध गराइएको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *