सूर्यज्योति लाइफद्वारा उत्कृष्ट एजेन्सी प्रबन्धक र अभिकर्तालाई सम्मान

काठमाडौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना उत्कृष्ट एजेन्सी प्रबन्धक र अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीको हालै सम्पन्न ‘एजेन्सी अवार्ड नाइट–२०८१’ कार्यक्रममा आर्थिक वर्ष २०८०।८१ मा देशभरबाट उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरूलाई सम्मान गरेको हो । कम्पनीले देशभरिबाट ‘व्यक्तिगत कोड’ र ‘टिम व्यवसाय’ अन्तर्गत सर्वाधिक व्यवसाय गर्ने अभिकर्तालाई ‘सूर्यज्योति ओजस्वी रत्न अवार्ड र ‘सूर्यज्योति रत्न अवार्ड’ बाट सम्मान गरेको जनाएको छ । व्यक्तिगत कोडमा बुटवल पाल्पा रोड शाखामा कार्यरत कमलप्रसाद घिमिरे र सामूहिक व्यवसायमा कोहलपुर शाखामा कार्यरत गौरवकुमार शाहीलाई अवार्ड ट्रफि र नगदसहित सम्मान गरिएको छ । देशभरबाट सर्वाधिक व्यवसाय, अभिकर्ता नियुक्ती र बीमा लेखको आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र १० जना अभिकर्तालाई ट्रफिसहित सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा देशभरिबाट सर्वाधिक व्यवसाय गर्ने तथा अभिकर्ता नियुक्ति गर्ने र बिमालेख जारी गर्ने शाखामध्ये क्रमशः बुटवल पाल्पारोड शाखा र जनकपुर मिल्सरोड शाखालाई शिल्डसहित सम्मान गरिएको थियो । प्रोडक्ट एम्बासडर अन्तर्गत ‘सजिलो भुक्तानी बीमा योजना ’ र सावधिक जीवन बीमा योजना अन्तर्गत क्रमशः गौरव कुमार शाही र सिर्जना पन्तलाई ट्रफी, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।

कम्पनीले एमडीआरटी २०२५ का क्वालिफायर्स र चेयरम्यान क्लब अन्तर्गतका ५२ जनालाई समेत सम्मान गरेको थियो । कम्पनीका संचालक द्वय हेमन्त नाहाटा र चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र वरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवनकुमार खड्का लगायतले सम्मान प्रदान गरेका थिए । चिफ बिजनेश अफिसर पर्शुराम मरासिनीले गत आर्थिक वर्षको व्यावसायिक समीक्षा र आगामी वर्षको व्यवसायीक रणनीतिका बारेमा प्रष्ट पार्दै आगामी वर्षको लक्ष्य प्राप्त गर्न आजै देखि सबै जनाले अठोट लिएर लाग्नु पर्नेमा जोड दिए । वरिष्ठ प्रमुख नायव कार्यकारी अधिकृत पवनकुमार खड्काले ‘एजेन्सी अवार्ड नाइट–२०८१’लाई भव्य रुपमा सफल बनाउन साथ र योगदान गर्ने सम्पूर्णलाई बधाई दिए । कम्पनीका सीईओ प्रकाश विक्रम खत्रीले जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीका रुपमा स्थापित गर्नका लागि ३ मूलमन्त्र अभिकर्ताहरुले आफ्नो टीम विस्तार गर्नु, कर्मचारीहरुले उत्कृष्ट सेवा उपलब्ध गराउनु र कम्पनीले बिमितहरुका लागि दरिलो विश्वास दिएर अघि बढेको खण्डमा सफलता अवश्य मिल्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *