नेपालले ओमान र क्यानडाविरूद्धको दिवसीय टी २० को खेल तालिका सार्वजनिक

काठमाण्डौं । आइसिसी एकदिवसीय विश्वकप लिग २ अन्तर्तग नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको खेल तालिका सार्वजनिक भएको छ। क्रिकेट क्यानडाका अनुसार एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी २० सिरिज सुरु हुनेछ। दुवै सिरिज नेपालले चार,चार खेल गरी कुल ८ खेल खेल्नेछ। सिरिजको तयारीका लागि हाल नेपाली टोली श्रीलंकामा छ। यसअघि भारतको बेंगलुरुमा दुई साता अभ्यास गरेर नेपाल फर्किएको टोली आइतबार श्रीलंका गएको थियो। नेपालले क्यानडामा लिग २ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो। क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ। अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन्।

विश्वकप लिग २ को एकदिवसीय सिरिज
नेपाल भर्सेस क्यानडा – भदौ ३१ नेपाली समयअनुसार बेलुका ७ः४५ बजे ओन्टेरियो

नेपाल भर्सेस ओमान – असोज २ गते नेपाली समयअनुसार बेलुका ७ः४५ बजे ओन्टेरियो

नेपाल भर्सेस क्यानडा – असोज ६ गते – नेपाली समयअनुसार बेलुका ७ः४५ बजे ओन्टेरियो

नेपाल भर्सेस ओमान असोज ८ गते नेपाली समयअनुसार बेलुका ७ः४५ बजे ओन्टेरियो

टी २० सिरिज खेल तालिका

नेपाल भर्सेस क्यानडा – असोज १२ गते नेपाली समयअनुसार बेलुका ९ः४५ बजे ओन्टेरियो

नेपाल भर्सेस ओमान – असोज १३ गते नेपाली समयअनुसार बेलुका ९ः४५ बजे ओन्टेरियो

नेपाल भर्सेस क्यानडा – असोज १५ गते नेपाली समयअनुसार बेलुका ९ः४५ बजे ओन्टेरियो
नेपाल भर्सेस ओमान – असोज १६ गते नेपाली समयअनुसार बेलुका ९ः४५ बजे ओन्टेरियो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *