मेटलाइफको एपमा क्यामेरा प्रयोग गरी स्वास्थ्य अवस्था बुझ्न सकिने
काठमाडौं । मेटलाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ्य अवस्था बारे बुझ्न सकिने भएको छ । मेटलाइफ नेपालले आफ्नो वान बाइ मेटलाइफ एप मार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्यांकन (हेल्थ रिस्क अस्सेसमेन्ट) सुविधा सुरु गरेको घोषणा गरेको हो । यो विशेष अफर, सेप्टेम्बर २०२४ को अन्त्य सम्म उपलब्ध छ, जसले एपमा दर्ता गर्ने जो कोहीले आफ्नो स्मार्टफोन क्यामेराको प्रयोगबाट ५० सेकेन्डमा आफ्नो स्वास्थ्य जाँच गर्न दिने कम्पनीले भनेको छ । ‘यो आकर्षक सुविधा सरल र प्रयोग गर्न सजिलो छ ।
फोनको क्यामेरा प्रयोग गरेर, एपले प्रयोगकर्ताको अनुहार स्क्यान गर्छ र तुरुन्तै मुख्य स्वास्थ्य मेट्रिक्स जस्तै मुटुको दर, श्वासप्रश्वासको दर, रक्तचाप, अक्सिजन स्तर, र तनाव स्तरहरू प्रदान गर्दछ’, कम्पनीको जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्पूर्ण प्रक्रियाले एक मिनेट भन्दा कम समय लिन्छ र सही नतिजाहरूको साथ प्रयोगकर्ताको स्वास्थ्यका महत्त्वपूर्ण सूचकहरूको ट्र्याक राख्नको लागि एक सुविधाजनक तरिका प्रदान गर्दछ । यो सेवा पहुँच गर्नका लागि, प्रयोगकर्ताहरूले केवल वान बाइ मेटलाइफ एप डाउनलोड गरेर दर्ता गर्नुपर्छ । दर्ता गरेपछि, प्रयोगकर्ताहरूले लगइन गर्न सक्छन् र निः शुल्क स्वास्थ्य जोखिम मूल्यांकन सुविधा या त होम ड्यासबोर्डबाट वा एपमा उपलब्ध ३६०हेल्थ आइकनबाट छनौट गरेर प्रयास गर्न सक्ने कम्पनीको दाबी छ ।