राष्ट्रिय वाणिज्य बैंककको ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा

राष्ट्रिय वाणिज्य बैंकले ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको छ । बैंकका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने छन् ।

उक्त योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्नेछ ।साथै थप जानकारी आवश्यक परेमा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।v

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *