निर्मला पन्त हत्याको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान गरिने बताएका छन् । उनले उक्त हत्या प्रकरणलाई आफूले गम्भीरताका साथ लिएको बताए । यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु, यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ । ०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । हालसम्म हत्यारा पत्ता लागेको छैन । गृहमन्त्री लेखकले कञ्चनपुरको दोधाराचाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रूपमा विकास गरिने पनि बताए । कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ ।

निकट भविष्यमा नै दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ, यसले चीनसँग जोड्छ । दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको उनले उल्लेख गरे । दुईतीन महिनाभित्रै सुक्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ । छिट्टै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ । दुई दलबीच सातबुँदे सहमति भएर सरकार निर्माण भएको छ । यो गठबन्धन आगामी चुनावसम्मै जान्छ, यसमा ढुक्क हुनुस् । तीनदिने भ्रमण सिलसिलामा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरमा प्रहरीका दुई भवन उद्घाटन गरेका छन् । उनले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन समेत गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *