नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको एक जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार उक्त सेयरधनीको स्वामित्वमा रहेको ८३ हजार ७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।
बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र उक्त सेयरमा संस्थापक सेयरधनीको आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकको भनाइ छ ।