नेपाल एसबिआई बैंकको सीईओमा पुन: दीपक कुमार दे
काठमाडौंँ । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा दीपक कुमार दे पुन: नियुक्त भएका छन् । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३१ गते चार वर्षे कार्यकाल समाप्त हुन लागेका प्रबन्ध सञ्चालक तथा सीईओ देलाई उक्त मिति पश्चात लागू हुने गरि थप ६ महिनाका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।