एनसेलको नयाँ ‘टिकटक प्याक’,सधैं अनको प्याकेजमा निःशुल्क चलाउन मिल्ने

काठमाडौं । एनसेलले शुक्रबार (भदौ २१)बाट लागु हुने गरी टिकटक प्याक सञ्चालनमा ल्याएको छ । जसअनुसार एनसेलको सधैँ अन प्याकमा पाइने निःशुल्क डेटामा टिकटक पनि चलाउन मिल्ने भएको हो । यो प्याकअन्तर्गत करसहित १७५ रुपैयाँमा सात दिनसम्म अनलिमिटेड टिकटक चलाउन पाइने एनसेलले जनाएको छ । यसमा अन्य प्रयोजनका लागि इन्टरनेट प्रयोग गर्न दुई जीबी डेटा पनि मिल्ने भएको छ । सरकारले टिकटकको प्रयोगमा लगाइएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधैँ अनका सबै प्याकमा निःशुल्क पाइने सोसल मिडिया डेटामा टिकटक पनि थपिएको बताएको छ । यससँगै सधैँ अन प्याकमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्करूपमा आउने डेटाबाट चलाउन मिल्ने भएको हो ।

नेपालमा निकै नै मनपराइएको सामाजिक सञ्चाल टिकटकमा लगाइएको रोक हटाइनु दूरसञ्चार क्षेत्र र ग्राहकहरू सबैका लागि स्वागत योग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौँ, एनसेलका चिफ कमर्सियल अफिसर, उमेर मोहसीनले भने, “हामीले आजैबाट लागु हुने गरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौँ र साथै सधैँ अनु प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौँ । यसले हाम्रा ग्राहकवर्गलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौँ । एनसेलले ुसधैँ अनु योजना अन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरि तीन प्रकारका प्याकहरू प्रदान गर्दै आएको छ । बेसिकमा सात दिन समयसीमा रहेको सधैँ अन प्याकमा ग्राहकहरूले अन्य बन्डल सेवाहरू बाहेका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् । त्यस्तैगरी,सधैँ अनुको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरूमा प्याक अनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । सधैँ अन अनलिमिटेड प्याकहरू अन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ । यसै भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको थियो । यो निर्णयपश्चात् नेपाल दूरसञ्चार प्राधिकरणले आज शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै सबै मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *