टीसीएलको चाडपर्व लक्षित अफर

काठमाडौँ । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आउँदै गरेको दसैँ तिहार र छठपर्व सँगै आफ्नो नयाँ अभियान “Celebrate Greatness Together” घोषणा गरेको छ। यस अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूका साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यो अभियानअनुसार टीसीएलले ग्राहकहरूलाई इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १ लाख ६३ हजार ५ सय सम्मको क्यासब्याक प्रदान गर्नेछ।

यो अभियानलाई अझ आकर्षक बनाउन प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी समेत दिएको कम्पनीको भनाइ छ । थप उत्साहका लागि टीसीएलले बम्पर अफर प्रस्तुत गरिरहेको जनाएको छ। जसअनुसार पाँच भाग्यशाली विजेताहरूले प्रतिष्ठित CMF Phone 1 by NOTHING जित्ने मौका पाउने जानकारी दिइएको छ । नेपालमा टीसीएलको घरायसी उपकरणहरु चौधरी ग्रूप अन्तर्गत सि. जी इलेक्ट्रोनिक्सले बिक्रि वितरण गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *