पारालिम्पिकमा पदक बिजेता पलेशालाई पाँच लाख रुपैयाँसहित कांग्रेसको सम्मान

काठमाण्डौं । पारालिम्पिकमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाउने पारा तेक्वान्दो खेलाडी खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले गोवर्धनलाई पाँच लाखको चेकसहित सम्मान गरेका हुन्। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते भएको के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्।

उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। यस्तै खेलाडी भरतसिंह महतालाई ५० हजार र प्रशिक्षक कविराज नेगी लामालाई एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति देउवाले पारालिम्पिकमा पहिलो पटक नेपाललाई कास्य पदक जिताएकोमा खेलाडीहरूलाई बधाई दिएका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *