मितेरी सहकारीको शाखा रहित काउन्टर
काठमाण्डौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाले शाखा रहित काउण्टर सञ्चालनमा ल्याएको छ । संस्थाले सोही गाउँपालिकाको वडा नम्बर ४ फाखेल राकसखोलामा शाखा रहित काउन्टर सञ्चालनमा ल्याएको हो । सदस्यहरुको माग र आवश्यकता अनुरुप काउण्टर सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष धनराज महर्जनले बताए । सहकारीबाट प्राप्त विभिन्न सेवाहरु अब उक्त काउण्टरबाट समेतसेवा प्रवाह गरिने बताए । संस्थाका अध्यक्ष महर्जनको अध्यक्षता तथा वडा नम्बर ४ का वडाध्यक्ष चन्द्रकुमार बलको प्रमुख आतिथ्यतामा काउण्टरको उद्घाटन गरिएको हो ।
कार्यक्रममा कार्यपालिका सदस्य सानुकान्छी स्याङ्तान, संस्थाका पूर्व सञ्चालक विष्ण डिम्डुङ, सचिव हिरालाल बलामीलगायतले आफ्नो भनाई राखेका थिए । संस्थाको हालसम्मका आर्थिक अवस्था र सामाजिक क्षेत्रमा खेलेको भूमिककाका विषयमा अध्यक्ष महर्जनले सो अवसरमा प्रकाश पारेका थिंए । संस्थाले श्रावण मसान्तसम्ममा सदस्यहरुलाई ११ करोड ९४ लाख ४५ हजार रुपैयाँ ऋण लगानी गरेको छ भने १३ करोड ३७ लाख ९७ हजार रुपैयाँ बचत संकलन गरेको संस्थाका व्यवस्थापक सरोज थापामगरले जानकारी दिए । एक हजार ८ सय शेयर सदस्य रहेको संस्थामा एक करोड ६६ लाख ९९ हजार शेयरपुँजी रहेको छ । संस्थाले १८ औं स्थापना दिवसको अवसर पारेर सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने उदेश्यले क्यु आर कोड समेत सञ्चालनमा ल्याएको छ ।