साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको छ । साइमेक्सले न्यु इनर्जी भेहिकल (एनईभी) को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा फाउन्डेसनको स्थापना गरेको हो । साइमेक्स इंकले उक्त फाउन्डेसनमा १ करोड रुपैयाँ जम्मा गर्नेछ । साथै प्रत्येक बीवाईडी गाडी बिक्रीवापत १० हजार रुपैयाँ पनि फाउन्डेसनमा जम्मा गरिने जनाइएको छ ।

साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले जम्मा गरिएको सहयोग रकम सामाजिक कार्यमा प्रयोग गरिने जानकारी दिए । उनले सामाजिक हितलाई मध्यनजगर गरी यो फाउन्डेसनको स्थापना गरिएको बताए । बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिबंश आचार्यले साइमेक्स इंक र बीवाईडीले गरेको अर्थपूर्ण पहलका लागि बधाई ज्ञापन गरेका थिए । फाउन्डेसन घोषणा समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङ पनि उपस्थित थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *